बैतडी: बैतडीमा पत्रकारिता गर्दै आइरहेका सुरज महरा अस्ताएका छन्। जिल्लाको पाटन नगरपालिका- ४ का उनको काठमाडौंमा हिजो निधन भएको हो।
सुरज विगत केही महिनादेखि छाला सम्बन्धी रोगबाट पीडित थिए। २ महिनादेखि काठमाडौंमा उपचार गराइरेका उनको एक्कसी हिजो मृत्यु भएको सहकर्मी मनमोहन विस्टले बताए।
उमेर १८ कटेका उनी ‘खबरथली’ नामक अनलाइन सञ्चारमाध्यम चलाइरहेका थिए। महरा कृष्ण मावि पाटनकाे डिप्लाेमा तह पाचाैं सेमेष्टरमा अध्ययनरत थिए।
Facebook Comments Box