झापा : झापाको गौरीगञ्जमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका ६ स्थित खजुरगाछी कन्चिरा निवासी परसदिया सरदारका १३ वर्षीय छोरा विजय सरदार रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बुधबार बिहान स्थानीय मोहम्मद आसामुदिन मियाको खेतमा बीउ उखेल्न गएको बेला उनीहरूमाथि चट्याङ परेको थियो। घाइतेहरूको नाम नखुले पनि उनीहरू स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box