डडेल्धुरा: किसान नेता तथा सहिद भीमदत्त पन्तको स्मृतिमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । सहिद पन्तको जन्मथलो कारिगाउँमा ई–लाइब्रेरीको उद्घाटन गरिएको हो ।
शनिबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री गोविन्दराज बोहराले अमरगढी नगरपालिका–२ कारीगाउँमा ई–लाइब्रेरीको उद्घाटन गर्नुभयो ।
सहिद पन्तको जीवनीसँग सम्बन्धित किताब र उहाँको पहलकदमी थालनी गरिएका काम तथा प्रकाशित कृति पुस्तकालयमा राखिएको छ । पुस्तकालय स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले बजेट छुट्ट्याइएको थियो । रासस
Facebook Comments Box