कञ्चनपुर: इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आफ्ना विद्यमान ग्राहकहरूका लागि नवीकरण अफर ल्याएको छ। कम्पनीले वर्षभरका लागि नवीकरण गर्दा दुई महिनाको इन्टरनेट निःशुल्क दिने योजना सुरु गरेको हो।
यो अफर अन्तर्गत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकले दुई महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनसको रूपमा प्राप्त गर्न सक्नेछन्। यो अफर असार मसान्त २०८० सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।
भायानेट देश मै पहिलोपटक फाइबर इन्टरनेट सुरु गर्ने कम्पनी हो। मल्टी गिग सेवामा समेत अगाडि रहेको कम्पनीले विगत २३ वर्षदेखि इन्टरनेट सेवा दिंदै आएको छ। आईपिटिभी सेवा प्रदायकको रूपमा समेत रहेको यो कम्पनीको वेबसाइटमा गएर नवीकरण अफर लगायत अन्य सेवाको बारेमा थप जानकारी लिन सकिनेछ।
Facebook Comments Box