कैलाली: बैतडीबाट बिक्रीका लागि ल्याइएका गोलभेडा कैलालीको अत्तरियामा नष्ट गरिएको छ । गोलभेडामा खान नमिल्ने विषादी भेटिएपछि नष्ट गरिएको हो ।
अत्तरियास्थित विषादी अवशेष दु्रत विश्लेषण इकाइमा गरिएको परीक्षणमा करिब ४ क्विन्टेल गोलभेडामा विषादी भेटिएको इकाइका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बताए ।
अत्तरियाको धर्मराज सप्लायर्समा बिक्रीका लागि राखिएको गोलभेडामा ५० प्रतिशत विषादी भेटिएकाले गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टको रोहबरमा खाल्डोमा पुरिएको उनले बताए ।
पसल सञ्चालक रमेश भट्टका अनुसार उनले आइतवार बिहान मात्रै बैतडीबाट ट्रकमा ल्याइएको गोलभेडा पसलमा राखेका थिए ।
Facebook Comments Box