कञ्चनपुर: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले राहदानी सेवा दिने समय बढाएको छ । प्रशासनले आइतबारबाट राहदानी बनाउनका लागि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिन थालेको हो ।
अब प्रत्येक आइतबारदेखि बिहीबार बिहान ८ बजेदेखि बेलुकी ६ बजे र प्रत्येक शुक्रबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म सेवा प्रवाह गरिने बताइएको छ । सेवाग्राहीहरूको अत्यधिक भिडलाई मध्यनजर गर्दै राहदानी सेवाको समय थप गरिएको हो ।
यसअघि दैनिक औसतमा ५६ जनालाई राहदानी सेवा दिन सकिन्थ्यो भने अब दैनिक १ सय २० जनासम्मलाई राहदानी सेवा दिन सकिने बताइएको छ ।
Facebook Comments Box