डडेल्धुरा: डडेल्धुराका विद्यार्थीको एसईई नतिजामा त्रुटि फेला परेको छ। थुप्रै विद्यार्थीको विद्यालयले पठाएको प्राप्ताङकभन्दा नतिजा फरक आएको बताइएको छ।
शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले जिल्लाको माउन्टेन विद्यालयबाट एसईई दिएका २७ जना विद्यार्थीको नतिजमा त्रुटि भएको भन्दै सुधार गर्न परीक्षा नियन्त्रण कार्यालयलाई आग्रह गरेको छ।
विभिन्न विषयमा विद्यालयले पठाएको प्रयोगात्मक नम्बरलाई नै इकाईले सदर गरेको तर त्यसलाई अक्षराङ्क पद्यतीमा रुपान्तरण गर्दा त्रुटि भएकाले नतिजा सुधार गरिदिन आग्रह गरिएको हो।
उता नेपाल विद्यार्थी संघ डडेल्धुराले पनि राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठलाई नतिजा सुधार गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ।
नतिज त्रुटि आउँदा धेरै विद्यार्थी मानसिक तनावमा रहेको बताउँदै संघका अध्यक्ष पवन ऐरले तत्काल नतिजा सुधार गर्न आग्रह गरिएको बताए।