दार्चुला: भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँध भाेलि मङ्गलवार बिहान खाेलिने भएकाे छ। भारतले भाेलि बिहान ५ बजेदेखि राति ८ बजेसम्म धाैलीगङ्गाकाे बाँध झण्डै १५ घण्टाका लागि खोल्ने भएकाे हाे।
एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको जानकारी अनुसार सिल्ट सफाइका लागि बाँधका ढोकाहरु खोल्न लागिएको हो।
बाँधकाे ढाेका खाेलिने भएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले विज्ञप्ति जारी गर्दै महाकाली नदी किनारका बस्तीहरुमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेकाे छ।
धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएकाे दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप सिंह धामीले जानकारी दिए।