बैतडी: बैतडीमा दुर्घटनामा परेको बस तीव्र गतिमा रहेको प्रहरीले बताएको छ । बस तीव्र गतिमा रहेको र अनियन्त्रित भएर सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो ।
आज दिउँसो करिब १ बजेतिर मेलौली नगरपालिका–७ स्वाखानीमा लु २ ख २०११ नम्बरको बस सडकबाट करीब चार सय मिटर तल खसेको थियो । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको उक्त बसमा ३९ जना यात्रु सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको उपचारको क्रममा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको छ भने अन्य ३८ जना घाइते छन् । जसमध्ये १६ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । सडकबाट खसेको बस रुखमा अड्किएको छ ।
Facebook Comments Box