धनगढी: कैलालीस्थित लम्कीमा एक होटलमै यौनधन्दा चलाएको खुलेको छ। लम्कीको बसपार्कमा रहेको संज्याल होटलमा यस्तो धन्दा चलिआएको खुलेको हो।
हिजो प्रहरीले छापा हान्दा यस्तो खुलेको र होटलबाट यौनजन्य क्रियाकलापमा संलग्न २ जना बालिकासहित होटल संचालक महेशप्रसाद जैसीलाई आइतबार राति नै पक्राउ गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालयका इन्सपेक्टर शंकर खड्काले ती बालिका टीकापुर क्षेत्रकी रहेको खुलेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरुलाई म्याद थपका लागि आज अदालत पठाइएको छ।
Facebook Comments Box