काठमाडौँ: कैलालीका एक दम्पतीसहित बल्छी ध्रुवेलगायतका कलाकारविरुद्ध अभियोगपत्र दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सोमवार कैलाली घर भई काठमाडौँ बस्ने २८ वर्षीय दिनेश खड्का, उनकी पत्नी अनिता धिताल, मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
अभियोगपपत्रमा बल्छी ध्रुवे, राजु मास्टरसहित दिनेश खड्का, अनिता धिताल, बेगम नेपाली, एलिश राई, जलन घर्तीमगर, गणेश देवकोटा, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको छ ।
उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएकोे छ । अभियोगपत्रमा उनीहरुले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कार्य गरेकाले सोही ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ ।