काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ससद्मा भावुक बनेका छन्। गत असार १८ गते बोलेको अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्ड भावुक बनेका हुन्।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफू भावनात्मक रहेको बताउँदै आफूले नियतवश नभएको बताउँदै आफ्नो गल्ती स्वीकार गरेका छन्।
‘म अलिकति भावनात्मक छु नै म अलिकति सेन्टिमेन्टल छु नै यही त प्रचण्ड भयो। अब गर्नुहुन्छ। के ? यो कुरा नभन्दा पनि हुन्थ्यो। थोरै भावनामा आएँ। भन्ने जरुरी त थिएन त्यो कुरा। मनमा यो भनेँ। मैले राष्ट्रप्रति घात गर्ने कुरा हो त ? यो। मैले प्रधानमन्त्रीको भाषामा त्यो नबोल्नुपर्थ्यो। म ज्ञानुको बुवा भएर बोलेँ। प्रितम सिंहलाई धन्यवाद दिन पुगेँ। क्रान्ति कालमा राष्ट्रियताको नामा लडेको सकियो यतिले ? मेरो एउटा भावनात्मक अभिव्यक्तिले सबै सिद्धियो त ?,’ उनले प्रश्न गरे।
प्रधानमन्त्री प्रचण्डले आफूले ०६८-०७९ सालमा आफ्नी छोरी ज्ञानु बिरामी हुँदा भारतको दिल्लीस्थित प्रितम सिंहको घरमा बसेको र सोही बेला उनले आफूलाई प्रधानमन्त्री बन्नुपर्ने प्रस्ताव गरेको बताए।