धनगढी: सुदूरपश्चिम प्रदेश सरकार बजेट संशोधन गर्न तयार भएको छ।
सत्तारुढ नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीले यथास्थितिमा बजेट पारित गर्न नसकिने निर्णय गरेको थियो। त्यसपछि दबावमा परेको सरकार संशोधन गर्न तयार भएको हो।
सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिषद्को कार्यालयमा भएको छलफलमा सरकारले प्रदेशसभा सदस्यका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो। सरकारले मंगलबार संशोधनको खाका तयार गरेर फेरी सत्तारुढ गठबन्धनका संसदीय दलका नेता र प्रमुुख सचेतकसँग छलफल गर्ने सहमति गरेको छ।
आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले १ असारमा आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोडको बजेट प्रस्तुत गरेका थिए। तर, बजेटप्रतिको असन्तुष्टिकै कारण त्यसयता प्रदेशसभाको बैठक बस्न सकेको थिएन।
Facebook Comments Box