काठमाडौंः मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। एक जना बेपत्ता छन्। घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ। अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए।
मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन।
अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ। प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन्।
Facebook Comments Box