धनगढीः सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ।
आज बिहान सवा १० बजेदेखि सम्पर्कबिहीन भएको ९ एन एमभी कलसाइनको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ लाम्जुरा पास ईलाकाको चिहानडाँडा जंगलमा दुर्घटनाग्रस्त फेला परेको हो। लालीगुराँसको रुखमा ठोक्किएर दुर्घटना भएको हेलिकप्टर क्षतविक्षत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ।
अहिले घटनास्थलमा बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको नेतृत्वमा उद्धार टोली खटिएको छ। उद्धार टोलीले पाँचवटा शव निकालेको छ भने एउटा शव अझै फेला परेको छैन। क्षतविक्षत अवस्थामा शव भेटिएकाले मृतकको पहिचान हुन नसकेको बताइएको छ।
पाइलट सिबि गुरुङ्गले उडाएको हेलिकप्टरमा उनीसहित पाँचजना विदेशी यात्रु सवार थिए। उनीहरु पाँचैजना मेक्सिकन नागरिक हुन्।
Facebook Comments Box