कञ्चनपुरः ब्रम्हदेव बजारमा आगलागी भएको छ। ग्याँस लीक भएर आगलागी हुँदा दुई लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो। सोमबार साँझ भीमदत्त नगरपालिका–९ ब्रम्हदेव बस्ने रमेश बोहराको घर नजिकै रहेको खाजा पसलमा खाना पकाउने क्रममा ग्याँस सिलेण्डरबाट ग्याँस लीक भएको प्रहरीले जनाएको छ।
आगलागी हुँदा पसल भित्र रहेका किराना सर–सामान, भाडा बर्तन र काठ गरी अन्दाजी दुई लाख रुपैयाँ बराबरका सामानहरु जलेर नष्ट भएका छन्। उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
Facebook Comments Box