डोटी : डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना भएको छ।दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बा१झ ९४३४ नम्बरको जिल्ला समन्वय समितिको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीय हीरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।
गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रित भइ कच्ची सडकबाट ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
घाइते हुनेहरूमा वीरबहादुर खड्का, रबीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ। घटना बेलुकी ६:३० बजे भएको हो।
Facebook Comments Box