महेन्द्रनगरः काठमाडौँलाई कर्मथलो बनाएका सुदूरपश्चिमका गायकरकलाकारहरु सांस्कृतिक समाज नेपालमा गोलबद्ध भएका छन्। बुधबार संस्थाले परिचयात्मक तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गरी संस्थालाई औपचारिकता दिएको छ।
सांस्कृतिक समाज नेपालले नयाँ कार्यसमिति पनि चयन गरेको छ। गायक, संगीतकार रामप्रसाद अवस्थीको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा चर्चित देउडा गायक महेश कुमार औजि रहेका छन्। यस्तै महासचिवमा अमृत खाती, सचिवमा बिपिन किरण, कोषाध्यक्षमा जमुना गौतम चयन भएका छन्।
सदस्यहरुमा क्रमशः पूर्णकला बिसी, शोभा थापा, दिपा रोकाया, हेमन्ता भट्टराई, आयुस्मा कार्की, रोजि कुवर, सुनिल नेपाली, सुजाता केसी, निरुता खत्री छनौट भएको अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए।
सल्लाहकारमा नन्दकृष्ण जोशी, यज्ञराज उपाध्याय, चन्द्र शर्मा, लोकेन्द्र साउद, पदम रोकाया रहेका छन्। मौलिक संस्कृति संरक्षण गर्ने उद्धेश्यले संस्था गठन गरिएको हो।
नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छबिलाल बिश्वकर्मा विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा डेउडा गायक नन्दकृष्ण जोशी, संस्थागत संगठक चन्द्र शर्मा, रास्ट्रिय जन सांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीलगायत अतिथि रहेका थिए। कार्यक्रममा सुदूरपश्चिमका चर्चित देउडा गायक र कलाकारहरुको पनि उपस्थिति थियो।
नवगठित संस्थाको आयोजनामा भदौँ ४ गते गौराको अवसरमा काठमाडौंमा मौलिक डेउडा साँझ आयोजना गरिने अध्यक्ष अवस्थीले जानकारी दिएका छन्।