धनगढी: विवादित छविका कैलाली कारागारका जेलर पदमराज तिमिल्सिना फेरि विवादमा तानिएका छन्। कैद भुक्तान गरिरहेका कैदीलाई घुस खाएर भगाएको भन्दै उनी फेरि एकपटक विवादमा आएका हुन्।
अहिले फेरि कैलाली कारागारका हाकिम तिमिल्सेनाले लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका इश्वर पौडेललाई फरार गराएको आरोप लागेको छ। गौरीगंगा नगरपालिका-९ घर भएका पौडेलको प्रलोभनमा परेर तिमिल्सिनाले जेलमुक्त गरेको आरोप लागेको हो। स्रोतका अनुसार जेलर तिमिल्सेनाले ३४ ग्राम लागूऔषध खैरो हिरोइनसहित हिक्मत बम(पारस), राम सिराडी र इश्वर पौडेल चार महिना अगाडि पक्राउ परेका थिए।
पक्राउ परेकामध्ये जेलर तिमिल्सेनाले पौडेलबाट रूपैयाँ लिएर भगाएका हुन्। अन्य २ जना भने कैद भुक्तान गरिरहेका छन्। यस विषयमा जेलर तिमिल्सेनाले भने अदालतको आदेश अनुसार छुटाइएको बताए। उनले अदालतको आदेशबाट पौडेललाई छाडिएको महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार अरु २ जनाको हकमा भने अदालतको आदेश आएको छैन। यस्तै आफूले घुस नलिएको जेलर तिमिल्सिनाको दाबी छ।
यी जेलर अहिलेमात्र होइन, पहिले पनि घुसकाण्डमा मुछिएका थिए। कैदीको सरुवा रोक्न रकम लिएको उनीमाथि आरोप लागेको थियो। यो विषय सार्वजनिक हुँदा पनि पावरको भरमा जेलर तिमिल्सिनालाई कारबाही हुन सकेको छैन।
र, यो पनि: