धनगढी: दार्चुलाको महाकाली नगरपालिकाले एक सूचना निकालेको छ। गत शुक्रबार पहिलो पटक राजधानीबाट प्रकाशित हुने एउटा राष्ट्रिय दैनिकमा नगरपालिकाले पत्रपत्रिकामा विज्ञापन एवम् सूचना प्रकाशनसम्बन्धी सूचना प्रकाशित गरेको हो।
सुदूरपश्चिमको विकट दार्चुलास्थित महाकाली नगरपालिकाले नयाँ आर्थिृक वर्षको लागि आवश्यक पर्ने विज्ञापन प्रकाशनको निम्ति उपयुक्त विज्ञापन एजेन्सीको खोजी गरेको हो।
सूचनाको अन्तिममा भनिएको छ, ‘सबैभन्दा बढी छुट दिने एजेन्सी वा संस्थालाई छनौट गरिने छ।’ मानिलिऊँ उक्त कार्यको निम्ति सुदूर पूर्वका झापा,इलाम वा अन्य जिल्लाका समाचार तथा विज्ञापन एजेन्सीले कम रेटमा आवेदन हालेमा सम्झौता गर्न कि दार्चुला वा नगरपालिका झापा जानुपर्ने हुन्छ। यस्तो कार्य पश्चिमका नेपालगञ्ज वा धनगढीका एजेन्सी भए पनि दार्चुलाको निम्ति कार्य सम्पादनमा निकै कठिन देखिन्छ।