कञ्चनपुरः बैंकिङ्ग कसुरमा कञ्चनपुरबाट एक जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणिका चक्र विष्टलाई बैंकिङ्ग कसुरमा प्रहरीले पक्राउ गरेको हो।
धनगढी उपमहानगरपालिका–२ का ४४ वर्षीय अमितप्रताप सिँहको जाहेरीका आधारमा जिल्ला अदालत कञ्चनपुरको पक्राउ अनुमतीपछि विष्टलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।
पक्राउ परेका विष्टले जाहेरीवाला सिँहलाई रकम नभएको बैंकको ८ लाखको चेक दिएपछि बैंकिङ्ग कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। विष्टलाई ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box