बैतडी: बैतडीमा ट्याक्टर दुर्घटना चालकको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालक सुरेन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
चालक कैलाली घरभएका जानकारीमा आएको र पुरै ठेगना नखुलेको प्रहरी प्रवक्ता लोक राज जोशीले बताए ।
सोमबार अप्रान्न दशरथचन्द नगरपालिका वडा नं २ बाट निर्माण सामग्री बोकेर वडा नं ६ तर्फ जाँदै गरेको सुप,प्र- ०१००-२ त ६३८९ नम्बरको ट्याक्टर साढे ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box