दार्चुला – नेकपा एमालेका नेता तथा पोलिटब्युरो सदस्य एबं सुदूरपश्चिम प्रदेश सहइन्चार्ज, पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले दार्चुलामा एमालेको पक्षमा जनलहर देखेर पाँच दलीय गठबन्धन आत्तिएको बताउनुभएको छ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपाल दार्चुलाको सोबार शिखर होटलमा बसेको संयुक्त कार्यक्रममा बोल्दै एमाले जिल्ला इन्चार्ज तथा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेता ठगुन्नाले ’एमालेप्रति जनताको आकर्षण देखेर,एमालेको पक्षमा दार्चुला लगायत देशव्यापी रुपमा उर्लिएको जनलहर देखेर पाँच दलीय गठबन्धन आत्तिएको बताएका हुन् ।
एमालेसँग प्रतिष्पर्धा गर्ने तागत गठबन्धनसँग नरहेको बताउँदै नेता ठगुन्नाले भन्नुभयो – ’पाँच दलीय गठबन्धन हुनु र बालुवाको लड्डु हुनु उस्तै कुरा हो जो हुनेवाला छैन,गठबन्धन गरेछन् भनेपनि हामीलाई मतलब छैन, ५,१० जति दल मिलेर आएपनि जतिसुकै दल मिलेर आएपनि प्रतिष्पर्धा गर्ने तागत उनीहरुसँग छैन,एमालेसँग जुन जनाधार छ,जुन शक्ति छ,उहाँहरुसँग छैन ।’
आगामी चुनाव एमालेले नै जित्ने दाबी गर्दै उहाँले भन्नुभयो – ’एमालेको भाग्यमा विजय लेखेको छ,गठबन्धनको भाग्यमा पराजय लेखेको छ ।’
सबैको चाहना,आशा,भरोसा र नेपाली जनताले पत्याएको पार्टी नै एमाले रहेको उनको भनाइ छ । एमालेसँग लड्ने अर्काे कुनै शक्ति नरहेको भन्दै उहाँले देशभर नै एमालेले जित्ने दाबी गर्नुभयो । १० दिनको पालिका आम सभामा दार्चुलाका ४ हजार जतिले नेकपा एमालेमा प्रवेश गरेको पनि बताएका छन ।
पाँच दलीय गठबन्धन चुनावबाट तर्सिएको भन्दै उहाँले गठबन्धनमा रहेका दललाई चुनाव आयो भन्यो कि सातो जाने गरेको बताउनुभयो । गठबन्धन सरकार चुनाव सार्ने मनिस्तिथिमा रहेको भएपनि एमालेले जनस्तरबाट नै सशक्त दबाब र खबरदारी गरेकाले पछि हटेको पनि उहाँले बताउनुभयो ।