बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउका अर्जुन मङ्गोलाका १५ वर्षीय छोरा निरज ममङ्गोला धनगढीबाट हराएका छन् ।
उनको पारिवारिक स्रोतका अनुसार गत असार ३० गते धनगढी त्रिनगरमा रहेको फुपुको घरबाट कञ्चनपुरको पुनर्वास नगरपालिकाको भीमबस्तिस्थित मामाघर जाँदै गर्दा उनी बाटोबाटै बेपत्ता भएका हुन् ।
निरज हराएको प्रहरीलाई पनि खबर गरिएको बताइएको छ । उनलाई कसैले फेला पारे नजिकको प्रहरी तथा ९८६८७८४५८४ नम्बरमा जानकारी गराइदिन अनुरोध गरिएको छ ।
Facebook Comments Box