काठमाडौँ – नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काठमाडौंको टुँंडिखेलमा ‘सेलेब्रेसन’ नामक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।
ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, संगीतिक प्रस्तुति, नृत्यलगायत प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा स्वामी आनन्द अरुणले सत्संग तथा ध्यान, विश्वप्रसिद्ध निर्गुण कवीरवाणी गायक पद्मश्री विभुषित प्रह्लाद सिंह टिपणियाको विशेष प्रस्तुतिको अलवा ‘कुटुम्ब’ ब्याण्डको लाइभ प्रस्तुति रहनेछ ।
हास्य कलाकार मनोज गजुरेको समेत प्रस्तुति रहने कार्यक्रममा प्रदीप रोदन, गायिका बेनिसा पौडेल, मोहन वीणा वादक, रोशन शर्माले समेत दर्शकलाई मरोरञ्जन दिलाउने आयोजकले जनाएको छ ।
Facebook Comments Box