कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्।
भीमदत्त नगरपालिका–४ बाट बुधबार ९५ हजार आठ सय मुल्य बराबरका भन्सार छलीका साडी, धोती, कोटपाईन्ट, सेतो कपडा, कालो झिल्ली र तीन थान साइकलसहित एक जनालाई पक्राउ गरिएको हो।
कञ्चनपुर प्रहरीका अनुसार सामानसहित मान्छेलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको छ।
Facebook Comments Box