काठमाडौँ: अष्ट्रेलियाको एनआरएन (गैरआवासीय नेपाली संघ) को अध्यक्षमा अनिल पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन्। आगामी जुलाई २९ (साउन १३) मा हुने निर्वाचनमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
यसअघि पोख्रेल एनआरएन अष्ट्रेलियाको कोषाध्यक्ष थिए। एक दशकअघि उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका पोख्रेल सामाजिक कार्यमा सुरुदेखि सक्रिय थिए। पहिलोपटक उनको एनआरएन यात्रा अष्ट्रेलिया राज्य समन्वय परिषद सदस्यबाट भएको थियो।
करिब एक दशकको गैर आवासीय नेपाली संघको यात्रामा रहँदा दिगो विकास र संस्थामा एकजुट भएर लागेको पोख्रेलले बताए। एनआरएनमा आफ्नो क्षमता र समयले भ्याएसम्म सामाजिक काममा योगदान पुर्याएको उनको भनाइ छ।
उनका अनुसार एनआरएनला संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, स्रोतमा पहुँच र विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार हुन्छ। यसअघि पनि आफू संस्थामा रहँदा सबै संघसंस्था र सबै तहका सरकारी निकायसँग सहकार्य गरेको उनको भनाइ छ।
चितवन खैरेनी ४ का पोख्रेल आफूलाई सामाजिक व्यक्तित्त्वको रुपमा आफूलाई चिनाउँछन्। ‘संस्थामा लागेपछि दिगो रुपमा स्वयसेवाको काम हुन्छ। विश्वव्यापी रुपमा एनआरएन भएका ठाउँमा स्वयंसेवीको अवधारणा लागू गरिन्छ,’ उनले भने। समाजसेवा यस्तो कार्य हो जसले मानिसको अन्तरमनलाई अलौकिक आनन्द दिन्छ। एउटा यस्तो आनन्द जसले मानिसलाई अनवरत रुपमा समाजमा योगदान गर्न प्रेरित गर्छ।’
पोख्रेलसँग आफ्नो व्यापारीक क्षेत्रहमा १२ वर्ष भन्दा बढीको अनुभव छ। उनको व्यापार साझेदारी, व्यावसायिक वित्त, परियोजना लेखा, व्यवस्थापन र वित्तीय लेखाको क्षेत्रमा अनुभव हासिल गरेका छन्। उनी डाउनरमा वित्त प्रबन्धकका रूपमा कार्यरत छन्।
पोख्रेल टेफ एनएसडब्लुमा मा आंशिक शिक्षक र सिपिए अस्ट्रेलिया नेपाली छलफल समूहका संयोजक पनि छन्। अस्ट्रेलिया नेपाली चर्चा समूहका संयोजक, चितवन समाज अस्ट्रेलियाका संस्थापक महासचिव, नेपाली अस्ट्रेलियन युवा संघ (नयाँ) को संस्थापक सदस्य ब्ल्याकटाउन नेपाली समुदायको पूर्व प्रवक्ता र कार्यदल सदस्य भइसकेका छन्।
अध्यक्षको दौडमा रहेका पोख्रेलले मुख्य एजेन्डामा विद्यार्थीहरूलाई सहयोग र प्रवर्द्धन गरी दोस्रो पुस्तालाई सशक्त बनाउने राखेका छन्। सरकारी सम्बन्ध सुदृढ गर्ने दिगो र प्रभावकारी बनाउने उनको भनाइ छ।
महिला सशक्तिकरण एनआरएनएको डायस्पोरा संलग्नतालाई प्रभावकारी बनाइने उनले धारणा राखे। उनी भन्छन्,’ राष्ट्रिय विकासमा डायस्पोरालाई सरोकारवालाको रूपमा मान्यता दिने र समावेश गर्ने। संवाद र सहयोगको लागि प्लेटफर्महरू स्थापना गर्दै डायस्पोरा र एनआरएनए बीच विश्वास र आपसी समझदारी निर्माण गरिन्छ।’
स्वदेशको फाइदाका लागि डायस्पोराको विशेषज्ञता र स्रोतहरू प्रयोग गर्ने उनले बताए । डायस्पोरामा लगानी र उद्यमशीलताको सुविधा ल्याइने पोख्रेलले सुनाए। – डायस्पोरा परोपकारी र सामाजिक गतिविधिलाई समर्थन गरी डायस्पोरा समुदायहरूको अधिकार र हितहरूको लागि वकालत गर्ने उनको भनाइ छ।
उनका अनुसार सरकारी सम्बन्ध सुदृढ गर्ने , सरकारी कोषमा र स्रोतहरू पहुँच पुर्याउँने। -राष्ट्रिय र स्थानीय सरकारी अधिकारीहरूसँग सम्बन्ध निर्माण गर्ने। डायस्पोराको योगदानहरूको प्रभाव देखाइने। सरकारको समर्थन र वकालतको लागि कूटनीतिक च्यानलहरू प्रयोग हुन्छ। दीर्घकालीन दिगोपनको लागि सामाजिक साझेदारीलाई बढावा दिँदै एनआरएनको को निरन्तर सुधार गरिन्छ। निर्णय प्रक्रियामा पारदर्शिता प्रवर्द्धन हुन्छ। एनआरएनको त्रैमासिक गतिविधि रिपोर्ट सार्वजनिक हुन्छ। नियमित प्रकाशन – सशुल्क सचिवालय र सुधारिएको परिचालन मोडेल मार्फत अभिलेख राख्ने अभ्यास हुन्छ।
‘दोस्रो पुस्तालाई सशक्त बनाउने पहिचान र भावनाको सम्बन्ध विकास गरिन्छ,’ ३६ वर्षीय पोख्रेल भन्छन्,’ सांस्कृतिक संरक्षणको प्रवर्द्धनले दोस्रो पुस्तालाई नेपाली डायस्पोरा समुदाय भित्र पहिचान र सम्बन्धको बलियो भावना विकास गर्न मद्दत गर्नेछ।’
नेपालको अनुपम सांस्कृतिक सम्पदा भावी पुस्तामा हस्तान्तरण गर्ने, नेपाली रीतिरिवाजहरूप्रति गर्व र कदर गर्ने कुरालाई सुनिश्चित गरिने उनले बताए। नेपाली भाषा सिक्न दोस्रो पुस्तालाई सक्षम बनाइने उनले प्रस्ट पारे।
नेपाली समुदामा जेनेरेशन ग्याप भएकाले त्यसलाई जोड्न अहम भूमिका खेल्ने उनी बताँछन्। सांस्कृतिक सम्पदाको ज्ञानले एनआरएनएसँग सक्रिय संलग्नतालाई प्रोत्साहन गर्ने उनको विश्वास छ। सांस्कृतिक आदानप्रदान, कूटनीति, भाषा, सांस्कृतिक संरक्षणले डायस्पोराले नेपालबीच सांस्कृतिक आदानप्रदान र कूटनीतिलाई सहज बनाउँने उनले विश्वास व्यक्त गरे।
एकआपसको संस्कृतिहरूले सम्बन्ध र समझदारीलाई सुदृढ बनाउँने पोख्रेलले विश्वास व्यक्त गरे। नेपाली भाषा र संस्कृतिको ज्ञानले नेपालसँग सम्बन्धित शैक्षिक र व्यावसायिक अवसरहरूको ढोका खोलिने उनले सुनाए। ‘ दोस्रो पुस्ताले देशको विकासमा योगदान पुर्याउन सक्छ,’ उनले अगाडि थपे।