धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका –३ स्थित राजपुरमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयलाई रङ्गीन अल्ट्रासाउण्ड प्रदान गरिएको छ। प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले आयुर्वेद चिकित्सालयलाई अल्ट्रासाउण्ड उपलब्ध गराएको हो।
केन्द्रका निमित्त निर्देशक डा. निरज अर्यालले चिकित्सालयका निमित्त निर्देशक डा. सूर्य उपाध्यायलाई आज अल्ट्रासाउण्ड हस्तान्तरण गरेका छन्। गत वर्षबाट सेवा दिन थालेको चिकित्सालयमा अल्ट्रासाउण्ड उपलब्ध थिएन।
सङ्घीय सरकारको ३४ करोड रुपियाँ लगानीमा बनेको प्रादेशिक आयुर्वेद चिकित्सालयले गत असोज ११ गतेबाट सेवा दिन सुरु गरेको थियो। चिकित्सालयबाट ल्याब, ओपीडी, पञ्चकर्म र पूर्वकर्म सेवा प्रवाह हुँदैआएको छ।
Facebook Comments Box