काठमाडौ: नेपाली नर्सले रोजगारीका लागि बेलायत जान आजदेखि अनलाइनमार्फत आवेदन दिन सक्ने भएको छ।
वैदेशिक रोजगार विभागले बिहीबार लन्च गरेको सफ्टवेयरमार्फत आजदेखि अनलाइन मार्फत आवेदन दिन सक्ने भएका हुन्।
वैदेशिक रोजगार विभागका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई बेलायत पठाउन लागेको छ।
अनलाइन मार्फत आवेदन आह्वान गर्दै विभागले सबै मनिटरिङ गर्नेछ । त्यसका लागि शुक्रबारदेखि अक्टोबर १९ तारिखसम्ममा आवेदन दिनुपर्नेछ। इच्छुक नर्सहरूले तीन महिनाभित्रमा https://ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन पाउने वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले बताए।
नेपाल सरकार र बेलायत सरकारबिच द्विपक्षीय श्रम सम्झौता गरी नेपाली नर्सलाई बेलायत पठाउन लागिएको हो।
Facebook Comments Box