डडेल्धुरा: डडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।
गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजुरको विषालु च्याउ खाँदा हिजो(शुक्रवार) राति मृत्यु भएको प्रहरीले जनाएको छ।
बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका–७ बस्ने बर्ष ५० की राम दुलारे थारुले शुक्रबार साँझ जंगली च्याउ खाएका थिए। च्याउ खाएर बिरामी परेका राम दुलारेलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।
*प्रहरीले दिएको जानकारीका आधारमा नाममा त्रुटि हुन गएकाले सच्च्याइएको छ। -सम्पादक
Facebook Comments Box