काठमाडौं: त्रिभुवन विश्वविद्यालयले चारवर्षे स्नातकलाई फेरि तीन वर्षमा झार्ने गृहकार्य गरेको छ । विद्यार्थीको संख्या घट्न थालेको भन्दै त्रिविले स्नातकलाई तीन वर्षमा झार्ने गृहकार्य गरेको हो ।
चार वर्ष हुँदा विद्यार्थी पढ्न नआउने भएकाले तीन वर्षमा झार्ने विषयमा अनौपचारिक छलफल चलेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।
गत १४ असारमा विश्वविद्यालयको प्राज्ञिक समितिको बैठकमा डीनहरूले पनि तीन वर्षमा झार्नुपर्ने सुझाव राखेका थिए । राष्ट्रिय योजना आयोग र विश्वविद्यालय अनुदान आयोगमा पनि तीन वर्षमा झार्ने विषयमा छलफल भइरहेको त्रिविका अधिकारीहरू बताउँछन्।
Facebook Comments Box