कैलालीः धनगढीमा प्रहरीले भन्सार छलीका सामान बेवारिसे अवस्थामा फेला पारेको छ ।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट भन्सार छलीका अन्दाजी ५८ हजार मूल्य बराबरका सुट, कुर्ति, गन्जी, सुर्ती लगायतका सामानहरु प्रहरीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको कैलाली प्रहरीले जनाएको छ।
यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ र पुनर्वास नगरपालिका–६ बाट भन्सार छलीका तरकारी, डिउ, कोकाकोला, चामल लगायतका सामान बरामद गरिएको छ ।
अन्दाजी ४५ हजार ७ सय मूल्य बराबरका ती सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
Facebook Comments Box