डोटी: शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा आठ सय १८ जनाले उजुरी दिएका छन् ।
उनीहरुले ६ करोड ४० लाख ६२ हजार नौँ सय ९० रुपैयाँ ठगिएको दाबी गरेका छन् । उजुरी आउनेक्रम जारी नै रहेको डोटी प्रहरीले जनाएको छ ।
सो सहकारीको दिपायलको पिपल्लामा शाखा कार्यालय रहेको छ । शिवशिखर सहकारीबाट कोही ठगिएको भए जाहेरी दिन भन्दै गत जेठ ६ गते सार्वजनिक सूचना गरिएको थियो ।
बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार रहेका शिवशिखरका अध्यक्ष केदारनाथ शर्मा भने पक्राउ परिसकेका छन् ।
Facebook Comments Box