धनगढी: सुदूरपश्चिममा चिडियाखानाका लागि ७० लाख बजेट खर्च गरिँदैछ ।
प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गोदावरीमा प्रदेश चिडियाखाना स्थलमा घेरबार निर्माणको नाममा ५० लाख तथा चिडियाखानाको गुरुयोजना तयारी शिर्षकमा थप २० लाख गरी ७० लाख बजेट खर्च गर्दैछ । तर, प्रदेशको स्थायी राजधानी गोदावरी कायम गरिएकोमा अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।
दुरदराजका नागरिकले सिटामोलका लागि अझै पनि संघर्ष गर्नुपर्ने अवस्था रहेका बेला सरकारले भने चालु आर्थिक वर्षको बजेटमा मन्त्रालय तथा राजधानीमा रहने निकायका भवन मर्मत, सुधार र निर्माण शीर्षकमा ठुलो बजेट विनियोजन गरेको छ ।
Facebook Comments Box