कञ्चनपुर: कञ्चनपुरमा १६ लाख बढीको चिनी बोकेको बोलेरो जीपसहित दुई युवक पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–५ गुलरियाका ३० वर्षीय जीप चालक लोकेन्द्र बोहरा र लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय सहचालक विशाल वडायक रहेका छन् ।
उनीहरुलाई जिल्लाको लालझाडी गाउँपालिका–१ नौरंगाबाट सशस्त्र प्रहरीले चिनीसहितको से.१ च १२२९ नम्बरको बोलेरो जीपसहित नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीको ३५ नं. गण हेडक्वाटर शैलेश्वरी गण मातहतको बोर्डर आउट पोष्ट (बीओपी) दोदाको गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको अनुमानित १६ लाख ७६ हजार रुपैयाँ बराबरको २५ क्वीन्टल चिनी बरामद गरेको जनाएको छ ।
Facebook Comments Box