दार्चुलाः दार्चुलाको मार्मा गाउँपालिकामा निर्माण गरिएको ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको सोमवार विधिवत् रूपमा उद्घाटन गरिएको छ ।
निजी क्षेत्रको लगानीमा निर्माण भएको जलविद्युत् आयोजनाको सफल परीक्षणपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
मार्मा गाउँपालिका–१ किमगडामा रहेको बाँधबाट ६ किलोमिटर तल वडा नम्बर–२ को घट्टेगाडमा रहेको पावर हाउसमा पानी खसालेर परीक्षण सुरु गरिएको थियो ।
उत्पादित विद्युतलाई शैल्यशिखर नगरपालिका–१ बलाँचस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । कुल लागत ८ अर्ब ५० करोड रहेको उक्त योजनाको ३० महिनामा निर्माण सम्पन्न भएको हो ।
Facebook Comments Box