काठमाडौं: कञ्चनपुरको भीमदत्त नगरपालिका घर भइ प्रहरी चौकी डौड, डोटीमा कार्यरत विपिन बिक्रम विष्टसहित नेपाल प्रहरीका २२ कर्मचारी सम्पर्कविहीन भएको पाइएको छ। प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नभएका २२ जनालाई सम्पर्कमा आउन सूचना जारी गरेको छ।
प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवान गरी २२ जना कर्मचारी सम्पर्कविहीन भएका हुन्। आफूखुसी सम्पर्कविहीन हुनेमा १ जना प्रहरी हवल्दार, ५ जना सहायक हवल्दार र १६ जना प्रहरी जवानहरु छन्।
कार्यालयले सूचना प्रकाशित भएको ७ दिनभित्र सम्पर्कमा आउन अनुरोध गर्दै अन्यथा सेवाबाट हटाइने स्पष्ट गरेको छ।
Facebook Comments Box