काठमाडौँ : व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा विभागले उनको घरमा छापा मारेको प्रहरी स्रोतले बताएको छ ।
उनले पछिल्लो वर्षहरूमा हङकङ, युएई र भारतमा शङ्कास्पद भ्रमण गरेको समेत पाइएको स्रोतको भनाई छ ।
Facebook Comments Box