कैलाली: कैलालीको लम्की चुहा नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियान सुरु गरेको छ। नगरपालिकाले अवैध रुपमा बनाइएका घरटहरा भत्काउँदै सार्वजनिक जग्गा संरक्षण र नाला सफाई अभियान सुरु गरेको हो।
अवैध संरचना हटाउन पटक पटक सार्वजनिक सूचना समेत जारी गर्दा समेत अवैध संरचना नहटाइएपछि अहिले नगरपालिका आफैंले डोजर चलाउनु परेको हो।
कैलालीको लम्की चुहा नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रण गरी बनाइएका संरचनाहरुमा डोजर चलाउन सुरु गरेको छ।
शुक्रबारबाट सुरु यो अभियानको पहिलो दिन वडा नम्बर १ स्थित लम्की चौराहमा रहेका २ वटा नालामा बनेका घर टहरा हटाउने कार्य जारी राखिएको छ।
शुक्रबारबाट शुरु यो अभियानको पहिलो दिन वडा नम्बर १ स्थित लम्की चौराहमा रहेका २ वटा नालामा बनेका घर टहरा हटाउने कार्य जारी राखिएको छ। नगरपालिकाको अभियानलाई स्थानीयहरुले समेत सकारात्मक रुपमा लिएका छन्।