डोटी: डोटीमा ट्याक्टरमा काठ ढुवानी गरिरहेको अवस्थामा चालक पक्राउ परेका छन् । चालक जोरायल गाउँपालिका-२ बजिलेकका डम्मर थापा काठसहित पक्राउ परेका हुन् ।
वन कार्यालयले सु.प.प्र.०१००२ त ५८३४ नम्बरको ट्याक्टरमा ढुवानी गर्न थालिएको ९८ दशमलव ८९ क्यूफिट टुनीको काठसहित उनलाई नियन्त्रणमा लिएको हो । काठ र ट्याक्टर सव डिभिजन वन कार्यालय बुडरको नियन्त्रणमा रहेको बताइएको छ ।
Facebook Comments Box