धनगढीः कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव सामुदायिक वनभित्र फेला परेको छ।
जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो।
उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन्। खुट्टा, मेरूदण्डलगायत शरिरका भाग फेला परेको स्थानीयले बताए । ढुंगाले चेपेर राखेको अवस्थामा अस्थिपञ्जर फेला परेको हो। मन्जुलाई श्रीमानतर्फका आफन्तले मारेर जंगलमा फालेको आरोपसमेत लागेको छ।
उनको हत्या गरेको हुन सक्ने अनुमान छ। घटनास्थलमा डोरीसमेत भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरीहरू घटनास्थल गएका छन्। थप अनुसन्धान गरेपछि मात्रै घटनाबारे विस्तृत जानकारी दिन सकिने प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।
Facebook Comments Box