कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राय परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका-११ बनरापुलबाट सोही ठाउँका २८ वर्षीय तेजबहादुर राना र अत्तरियाका अर्जुनबहादुर राना पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ४८ ग्राम लागुऔषधसहित एक थान मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट कलुवापुरको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
Facebook Comments Box