बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका—८ कालागाउँ माल्लेकी १७ वर्षीया सीमा लुहारले टाउकोतिर खुट्टा पल्टिएको र हात पनि खुट्टा जस्तै भएकी बालिका (छोरी) जन्माएकी छन् ।
लुहारले कटौँजपानी स्वास्थ्य चौकी दोगडाकेदारमा बिहीबार बिहान यस्तो बच्चा जन्माएकी हुन् । उक्त स्वास्थ्य चौकीकी अनमी रमिता जोशीले असाधरण शिशु जन्मेपछि आफूहरुले थप उपचारका लागि सल्लाह दिएको उनले बताइन् ।
करिब दुई महिनाअघि गर्भ जाँच गराउँदा बच्चाको अवस्था ठिकै रहेको भएपनि जन्मिँदा असाधारण शिशु जन्मिएको उनले बताइन् । यस्तो शिशु जन्मिुनको कारण यही हो भन्न नसकिए पनि कम उमेरमा बच्चा जन्माउँदा बिकलांग हुने सम्भावना बढी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
लुहारको आर्थिक अवस्था कमजोर छ । उनका श्रीमान् भोला लुहार रोजगारीको सिलसिलामा भारत छन् । शिशुको थप उपचारका लागि सहयोगको आवश्यकता रहेको अनमी जोशीले बताइन् ।