काठमाडौं : काठमाडौंबाट भरतपुर उडेको बुद्ध एअरको विमान आकाशबाटै फिर्ता भएको छ । ४० जना यात्रु रहेको विमान साढे ४ बजे काठमाडौंबाट उडेको थियो ।
तर, खराब मौसमका कारण भरतपुर विमानस्थलमा अवतरण हुन नसकेपछि साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइन्छ ।
आजै काठमाडौंबाट पोखरातर्फका बुद्ध एअरका पाँच वडा उडान पनि रद्ध भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार यतिका चार वटा उडान रद्ध भएको छ ।
Facebook Comments Box