काठमाडौँ: नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ। बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ।
टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ।
Facebook Comments Box