दार्चुलाः नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका तीन जनालाई कारागार चलान गरिएको छ ।
करागार चलान हुनेमा महाकाली नगरपालिका–३ बाँजका २७ वर्षीय नरेन्द्रसिंह महर, ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी रहेका जिल्ला अदालत दार्चुलाका सूचना अधिकारी गणेश विष्टले बताए ।
जिल्ला अदालत दार्चुलाका न्यायाधीश खेमराज भट्टको एकल इजालसले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
विभिन्न व्यक्तिहरूबाट रकम संकलन गरी नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका आठ जनामध्ये तीन जनालाई कारागार चलान गरिएको हो । अन्य पाँच जनालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
Facebook Comments Box