धनगढीः धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी एक महिलाको मृत्यु भएपछि आफन्तले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । उनीहरुले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिई सडक समेत अवरुद्ध गरेका हुन् ।
बिहीवार बिहान गर्भपतन(क्यूरेट) गर्न गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया महिलालाई क्लिनिकले औषधी दिएको थियो । औषधी सेवनपछि उच्च रक्तस्राव हुन गई सेती अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।
कैलाली प्रहरीका अनुसार घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ का २५ वर्षीय विनोद जोशी र उनकी पत्नी २२ वर्षीया आशिका ओझा फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box