काठमाडौँ: ललितपुरस्थित बुंगमतीमा रहेको ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक बालयौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, ललितपुरले संस्थाका सञ्चालक हुम्लाको सिमिकोट गाउँपालिका–८ स्थायी घर भइ ललितपुर बस्दै आएका ४१ वर्षीय दत्तसिंह बुढालाई पक्राउ गरेको हो ।
ललितपुर प्रहरीका एसपी नवराज कार्कीका अनुसार, उनले असारदेखि २६ साउनसम्म सोही चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया नाबालिगलाई यौन दुव्र्यवहार गरेको पाइएको छ ।
‘प्रतिकार गर्न खोज्दा उनले बालिकालाई निलडाम हुने गरी कुटपिट गरेर शारीरिक यातना दिएको पनि पाइएको छ’, कार्कीले भने, ‘उनविरुद्ध थप अनुसन्धानका लागि अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।’
पीडित नाबालिगलाई उद्धार गरेर संरक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box