कैलाली : कैलालीको अत्तरिया उधोग बाणिज्य संघविरुद्द अख्तियार उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय कैलालीलाई छानबिन गर्न निर्देशन दिइएको छ ।
सोही अनुसार छानबिनको लागि प्रसाशन कार्यालय कैलालीले बाणिज्य तथा आपुर्ती कार्यालयका प्रतीनिधी संयोजक रहने गरी ४ सदस्ययी समिती गठन गरेको छ ।
समितीलाई श्राबण २५ देखि १० दिन भित्र काम सक्न भनिएको छ। अख्तियार महेन्द्रनगर कार्यालयमा ५ वटा बुँदासहित उजुरी परेको छ। जस अनुसार संस्थाको बिधान बिपरित कार्य समितीको साधारण सभा ५ बर्ष सम्म पनि नगरेको, संघले सन्चालन गरेको महोत्सबमा नक्कली टिकट छापेर ब्यापक भ्राष्टाचार गरेको सो सम्बन्धी हरहिसाब कार्य समितीका पदाधिकारी तथा सदस्यलाई समेत जानकारी नदिएको, सदस्यता थप तथा नबिकरण रकम संस्थाको खातामा दाखिला नगरी कर्मचारीको समेत मिलोमतोमा ब्यक्तीगत अपचलन गरेको, जनप्रतिनिधी नै कर्मचारी बनेर दोहोरो सुबिधा लिइरहेको र २०७९ फागुन २१ गते बुझेको सदस्यता शुल्क तथा नविकरण बाफत बुझेको रकम हाल सम्म पनि संस्थाको खातामा दाखिला नगरेको लगाएतका रहेका छन्।
संघको असार २३ गते भएको निर्बाचनबाट नयाँ कमिटी भने चयन भईसकेको छ। संघका झण्डै १५ सय ६३ सदस्य मतदाता रहेका थिए। नयाँ सदस्य र नबिकरण बाफतको रकम बाफत कुल २४ लाख ६ हजार ५०० उठेको थियो। तर संस्थाको खातामा २०७९ फागुन २१ गते सम्म उक्त रकम जम्मा हुनुपर्ने भएपनी संस्थाको खातामा सबै रकम जम्मा नभएको बुझिएको छ।
संस्थामा आँफै गएर सदस्यता लिने को सँख्या ५६ जना र आँफै नबिकरण गर्नेको सँख्या ७५ मात्रै रहेको थियो। बाँकी झण्डै १ हजार बढी सदस्य भने चुनाबको बेला अध्यक्षको उम्मेदवार बनेका कल्याण सिं बोहरा, अध्यक्षमा दाबी गर्दै आएका कमल कडायत समुह र एमाले निकट ब्यबसायी टिकाराम आचार्य समुहले आ-आफ्नै लगानीमा बनाएका थिए। नव निर्बाचित समितीले पनि अहिले आन्तरिक अडिटको काम गरीरहेको छ। उक्त समितीले पूर्ण रुपमा पुरानो समितीबाट हिसाब बुझेको छैन।