धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अनेरास्ववियु कैलालीले छ्ड्के हानेको छ। आज (बिहीबार) अस्पतालमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको कैलाली जिल्ला कमिटीले छ्ड्के हानेको हो।
सेवाग्राहीको गुनासो बढ्दै गएको अवस्थामा आज छ्ड्के हानिएको अनेरास्ववियु कैलालीका संयोजक रोहित बोगटीले बताए। उनका अनुसार चिकित्सकको लापरबाही, जताततै फोहोर, सरसफाइको अभाव र कर्मचारीहरुको मनोमानीजस्ता समस्या देखा परेका छन्।
यस्तै, समयमा कर्मचारीहरु अफिस नपुग्ने र शल्यक्रियाका लागि सेवाग्राहीले १ वर्ष कुर्नुपर्ने बाध्यता रहेको बोगटीले बताए। भोलि नै यसको समाधानका लागि अनेरास्ववियुले ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ।
Facebook Comments Box